‘विद्रोह गरेर पत्रकारीता रोजे’

इमेलखबर(काठमाडौ)– उनलाई समाजको वेथीति पटक्कै मन पर्दैन थियो । चाहे त्यो जातिय विभेद होस् या लैंगीकताका आधारमा गरिने विभेद । आफ्नो क्षमताले भ्याए सम्म उनी विभेदको विद्रोह गर्न पछि पर्दिन थिइन् । पुर्वको संखुवासभाबाट उच्च शिक्षा हालिस गर्न र परिवर्तनकारी सोच लिएर काठमाडौ आएकी थिइन्, पत्रकार प्रकृति दाहाल ।
शैक्षिक अध्ययन कमर्स विषयमा गरे पनि उनले समाजको वेथिति चिर्ने बुलन्ध आधार पत्रकारीता क्षेत्रमा पाइन् । एनपीआईबाट एक वर्षको सैद्धान्तीक पत्रकारीता अध्ययन गरेर उनी  विभिन्न मिडियामा हुदै  कान्तिपुर पब्लिकेसन्समा आबद्ध भइन् । पत्रकारीता क्षेत्रमा आउन उनलाई त्यति सहज थिएन् । पहिलो विद्रोह घर, परिवार र आफन्तैबाट सुरु हुन्छ । छोरीले टेन टु फाइभको जागीर खानु पर्छ, पैसा धेरै आउने जागीर गर्नु पर्छ भन्ने उनको पारिवारीक सोच थियो । तर, प्रकृति जहिले पनि बगिरहेको खोला भन्दा ठिक विपरित अभिमत राख्ने स्वाभावकी थिइन् । ‘महिलाले पत्रकारीता गर्न घरदेखि पर सम्म रिझाउनु पर्छ’, उनी भन्छिन्,‘मेरो हकमा पनि यस्तै भयो, घरमा विद्रोह गरेर पत्रकारीता रोजेकी हु“ ।’ केएमजी ग्रुपको मासिक नारीमा उप सम्पादकको रुपमा कार्यररत प्रकृतिले छोटो समयमा पत्रकारीता पेशामा अब्बल सावीत भएकी छन् । उनले खास गरि समाजमा समानताको आवाज उठाउदै आएका महिलाका लागि शब्द लेख्छीन् ।


चार वर्षदेखि कान्तिपुरमा सक्रिय प्रकृति  एप्रीसिएसन अवार्डबाट सम्मानीत भएकी छन्  । कान्तिपुर पब्लिकेसन्सको शनिबार २९ औं वार्षिक उत्सवमा उनलाई पुरस्कृति गरिएको हो । पुरस्कार पाएर उत्साहित भएकी प्रकृति भन्छिन्,‘पुरस्कारले अझै मेहनत गर्न प्रोत्साहन गरेको छ ।’ उनी पत्रकारीतालाई समाजको एैनाको रुपमा झल्काउन चाहन्छीन् । र त्यहि दृश्य प्रतिविम्बीत गर्ने विषय उठान गर्न मन पर्छ । नारीमा उनले लेख्दै आएका स्टोरीमा लैंगीक समानता, नारी अस्थीत्वको पहिचान र नारी सशक्तीकरणका मुद्धा उजार हुन्छन् ।