च्याम्पियन्स लिग – स्पोर्टिङमाथि म्यानचेस्टर सिटीको जित

फागुन ४, एजेन्सी-  म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनलाई ५–० ले पराजित गरेको हो ।

आउँदो मार्च १६ मा हुने दोस्रो लेगमा म्यानचेस्टर सिटीको मैदानमा दोस्रो लेग हुने छ।