‘तिमी हौ’ मा आर्यन र पूजाको अभिनय (भिडियो)

फागुन ४, काठमाडौं –गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ ।

शिशिर जय खरेलको शब्द संगीत रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा आर्यन सिग्देल र पूजा शर्माको अभिनय रहेको छ । बुद्ध थापाले भिडियोको छायाङ्कन गरेका हुन् ।