प्रियानाको ‘माया तिमीविना’ सार्वजनिक (भिडियो)

फागुन ३, काठमाडौं-  भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रिजोल नेपाली र अस्मिता परियारको स्वर गीतमा समावेश छ । दीपक नेपालीको शब्द र प्रिजोलकै लय सिर्जना रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा प्रियना आचार्य, पुनम गौतम, राज र डेलविसले अभिनय रहेको छ ।उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।