साउदी अरेबिया नेतृत्वको सेनाद्धारा यमनका हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

माघ २६, काठमाडौँ – साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरुका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ ।

साथै उनीहरुका हातहतियारहरु पनि नष्ट भएको अनुमान गरिएको छ । उता यमनी राजधानी सानामा पनि दुई दिनअघि सो सेनाले हुथीको यस्तै एक आश्रयस्थलमा हमला गरेको थियो ।
हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ ।यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो ।

इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।