‘लगायौ कस्तो मोहनी’ मा प्रताप र प्राश्नाको स्वर

माघ २६, काठमाडौं – गायक प्रताप दास र गायिका प्राश्ना शाक्यको ’लगायौ कस्तो मोहनी’ बोलको गीत सार्वजनिक भएको छ ।

संजित श्रेष्ठको शब्द,संगीत रहेको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सीङ र मास्टरिङ रहेको छ । गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् ।

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ र सम्पादन भिडियोमा समावेश छ । गरीमा शर्मा र विष्णु नेपालको अभिनय भिडियोमा देख्न सकिन्छ ।