कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

माघ २१, काभ्रेपलाञ्चोक – बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो ।

माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन् । कोरोना सङ्क्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना ङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताउछन् ।

‘यो हप्ताको तथ्याङ्कले होटल–पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैप¥यो ’क्षेत्रीय होटल सङ्घ (हान)को सचिवसमेत रहनुभएका सैँजूले भन्नुभयो । उहाँ कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताउछन् ।

सैंजूका अनुसार कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन् । ‘होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुप¥यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ ’ बीस कोठा क्षमता रहेको उहाँको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ । जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ । हाल यहाँ ५३५ सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन् । ‘आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो”, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भने । तेस्रो लहरको उत्तराद्र्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखिएका छन् । एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उहाँमा ‘डेरा’ जमाइसको छ । ‘व्यवसायले रुप फेर्लाझैँ लागेको थियो, कोरोना तेस्रो लहरको पुनः थप धरासायी बनाइदियो ।’

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडाँै, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

गत पुसदेखि तेस्रो लहर सुरु भएसँगै धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । पुस र माघमा होटल ठप्पप्रायः नै रहेको व्यवसायी बताउँछन् । कोरोनाको जोखिमले पटक–पटक होटल बन्द गर्नुपर्ने कारणले व्यवसायमा घाटा ब्यहोरिरहनुपरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ‘कोरोनाको जोखिमले होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए’ धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले दुःखेसो पोखे ।
दैनिक २०० को हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रोे लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले बताए । उनले भने ‘ अब होटलमा आउने आन्तरिक पर्यटकमात्रै हुन्, कोरोना सङ्क्रमण नरोकिएसम्म विदेशी पाहुनाको चहलपहल नहोलाजस्तो छ । ’यही वर्ष दुईपटकको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन निकै प्रभावित बनाएको देखिन्छ ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन निकै हम्मेहम्मे पर्नेमा व्यवसायी चिन्तित देखिएका छन् । ‘अब स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणतर्फ लाग्नुको विकल्प छैन । श्रेष्ठले भने सङ्घले यसअघि धुलिखेलको पर्यटन प्रवद्र्धनार्थ ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो ।

सङ्घले पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरले प्रभावित बनेको देखिएको छ । ‘हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सक्छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौं’ संैजूले भने ।