‘लाखे’ मा ‘भिलेन’को रोलमा प्रशान्त

माघ २०, काठमाडौं – हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’ मा अभिनेता प्रशान्त ताम्राकार भिलेन भूमिकामा देखिने भएका छन् ।

सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ को काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ। फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय रहने छ ।