‘तिम्रो याद आयो’ विजय र प्रमीलाको अभिनय (भिडियो)

माघ १६, काठमाडौं – म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ । गोपाल लोहारले कोरेको गीतमा स्वर सविन सुवेदीको रहेको छ ।

दीपक शर्माले संगीत दिएको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

काजी लिम्बु र श्याम लामाको संयुक्त निर्देशन रहेको भिडियोमा विजय बराल र प्रमीला खनालको अभिनय रहेको छ ।

भीमा लोहार निर्माता रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेको हो । श्याम तामाङले दृश्य कैद गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।