‘स्वतन्त्र मन’ मा आर्यन र वर्षाको अभिनय

माघ १३, काठमाडौं-  गायक उदित नारायण झाको स्वर भएको ‘स्वतन्त्र मन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द रचना गीतकार डा।प्रकाश पौडेलले कोरेका हुन् । गीतको संगीत राज सागरले भरेका छन्। भिडियोको निर्देशन राजन ईशान र विजेशले गरेका हुन्।

भिडियोमा नायक आर्यन सिग्देल र नायिका वर्षा राउत देखिएका छन्। शिवराम श्रेष्ठले खिचेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन् ।