बार्सिलोनालाई हराउँदै रियल फाईनलमा

पुस २९, काठमाडौं – स्पेनिस सुपर कपमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

बुधबार राति रियल मड्रिडले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । चिरप्रतिद्धन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कपको फाईनलमा प्रवेश गरेको छ ।

गत सिजनको च्याम्पियन एट्लेटिको मड्रिडले एट्लेटिक बिल्बाओसँग बिहीबार सेमिफाईनलको खेलमा प्रतिस्पर्धा गर्नेछ । विजेताले उपाधिका लागि रियल मड्रिडसँग आईतबार रियादमा खेल्नेछ ।