साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन पुष्टि

पुष २६, एजेन्सी – साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन पुष्टि भएको छ ।

डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्। उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।

कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका बिरामीमा नयाँ संक्रमणदर बढ्दो छ। यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआईएसएआईडीमा पठाइएको थियो ।