जाडोमा यसरी गर्नुस छालाको स्याहार

पुस २५, काठमाडौं – चिसो मौसममा छालामा केही समस्या देखा पर्न सक्छन् । यसबाट बच्नका लागि धेरैले कोल्ड क्रिम लगाउँछन् । यो मौषममा छालामा कम आद्रता हुने भएकाले छालालाई मोइस्ट र हाइड्रेट राख्न जरुरी हुन्छ । त्यसकारण जाडोमा छालाको स्याहार गर्ने केहि टिप्स यसप्रकार छन् ।

मोस्चराइजर जरुरी
जाडोमा छालाको चमक बनाइराख्न मोस्चराइजर गर्न जरुरी छ । अनुहारको छालालाई मात्र नभएर पूरै शरीरलाई मोस्चराइजरको आवश्यकता पर्छ । छाला धेरै सुख्खा भए क्रिम बेस्डको मोस्चराइजर लगाउनुपर्छ ।

सिरमको प्रयोग
छालालाई चिसोको प्रभावबाट बचाउन ‘हाइड्रेटिङ सिरम’को प्रयोग गर्नुपर्छ । अनुहार धोइसकेपछि सुख्खा बनाएर सिरमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ ।

प्रशस्त पानी पिउने

चिसो मौसममा धेरैले पानी कम पिउँछन् । यसले डिहाइड्रेसनको समस्या निम्तिन्छ । शरीरमा पानीको मात्रा कम हुनेबित्तिकै छाला सुख्खा हुन्छ । त्यसैले चिसो मौसममा पनि छालाको चमक बढाइराख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

प्याक लगाउने

छालालाई नरम बनाउन घरमै बनाइएको प्याक लगाउन सकिन्छ । यो मौसममा मुल्तानी माटो र बेसनको प्रयोग गर्नुहुँदैन । यसले छाला सुख्खा बनाउँछ । एलोभेरा, दूध, एभोकाडोबाट बनेको फेसप्याक लगाउनुपर्छ । पछिल्लो समय बजारमा नयाँ ‘सिड प्याक’ उपलब्ध छ । त्यसको प्रयोग गर्न सकिन्छ ।