‘ए’ डिभिजन लिग – थ्री स्टार र शेर्पा भिड्दै

पुस २५, काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रुस्लान थ्री स्टार र नेपाल आइस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र शेर्पाबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।