‘हो होनि माया’ मा बले र अदितिको अभिनय

पुस १९, काठमाडौं –‘हो होनि माया’ बोलको गीत सार्वजनिक भएको छ ।

हरि गिरी र स्मिता दाहालको आवाज रहेको उक्त गीतमा गिरीकै शब्द रहेको छ ।
सुरेन्द्र बस्यालको कोरीयोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा मोडेलद्दय सागर लम्साल (बले) , सुमन ज्योति न्यौपाने र अदिति हमाल ठकुरी फिचर्ड छन् ।
बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले रङ संयोजन र सम्पादन गरेका छन् ।