दीक्षाले जितिन मिसेस उपाधि

पुष १८ काठमाडौं –काठमाडौंकी दीक्षा केसीले ‘मिसेस नेपाल वर्ल्ड–२०२१’ को उपाधि जितेकी छन् ।

शनिवार अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा विजयी हुँदै उनले मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने मौका समेत जितेकी छिन् ।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतियोगितामा सुनीता लामाले मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापाले मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनर्सअप तथा मनीता प्याकुरेलले मिसेस नेपाल वरुल्ड थर्ड रनर्सअपको उपाधि जिते ।