इंग्लिस प्रिमियर लिगः युनाइटेडको सहज जित

पुष १६, एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ। युनाइटेड बर्नलीलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष ६ मा उक्लिएको हो।

स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे। २७औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २–० को अग्रता बनायो।

रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन।

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ।

कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय खेल भने स्थगित भएको थियो।