देशका अधिकांश स्थानहरुमा वर्षा, उच्च पहाडी भू–भागमा हिमपात

पुष १४, काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।