नेपालले आज उज्वेकिस्तान र माल्दिभ्ससँग खेल्दै

पुस ११, एजेन्सी – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज आइतबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको महिला टोलीले आज उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ -१५ बजे सुरु हुनेछ ।
नेपालले श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।