चेल्सी सेमिफाइनलमा

पुष ८, एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलमा ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो ।

अब चेल्सीले सेमिफाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।