काठमाडौँसँग जोडियो रोल्पाको थवाङ

पुस ७, काठमाडौं – रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाँैसँग जोडिएको हो ।

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ ।

हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडाँै जाने गरेका थिए ।

थवाङ–लिवाङ र लिवाङ–काठमाडाँैको बराबरी भाडा तिर्न बाध्य उनीहरुलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।