चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

पुष ५, एजेन्सी – दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिकले र दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ ।

हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाएका हुन् ।