नेदरल्याण्ड्समा लकडाउनमा थप कडाइ

पुष ४, एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।

नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।

अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् ।

प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । नयाँ नियम आइतबारदेखि लागु भएको हो ।
ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।
हालको खोपकै बूस्टर मात्राले ओमिक्रोनविरुद्ध कम्तीमा गम्भीर बिरामी पर्नबाट जोगाउने गरी काम गर्ने प्रारम्भीक अध्ययनहरुले देखाएका छन् । तर प्रभाकारिताबारे विश्वसनीय आधारका लागि थप अध्ययनको खाँचो रहेको वैज्ञानिकहरुले बताएका छन् ।