देउवालाई प्रकाशमानको समर्थन

मंसिर २८, काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन्।

देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए । सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले ३७१ मत ल्याएका थिए।

आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ। आज अपरान्ह ३ः३० बजेदेखि मतदान हुनेछ ।