‘मिस युनिभर्स २०२१’ उपाधि भारतकी हरनाज सान्धुलाई

मंसिर २७, काठमाडौं – भारतीय सुन्दरी हरनाज सान्धुले ‘मिस युनिभर्स २०२१’ को उपाधि जितेकी छन्।

इजरायलमा भएको ७० औं ‘मिस युनिभर्स २०२१’ मा सान्धुले उपाधि हात पारेकी हुन् ।

उनलाई गत वर्षकी मिस युनिभर्स मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज लगाइदिइन्।