‘एक ब्यक्तिले एकपटक मात्र आरक्षण प्रयोग गर्नुपर्दछ ’ –नेता जिएम

 

मंसिर २३, काठमाडौं- नेकपा (एमाले) को १० औं महाधिवेशनमा ईश्वरी जिएम केन्द्रीय सदस्यमा निर्वाचित भइन् । रोल्पाकी उनी आदिवासी जनजाति महिला कलस्टरमा निर्वाचित भएकी हुन् ।

उमेरले ३२ बर्षिय टेक्दै गर्दा उनी पार्टीकी कान्छी केन्द्रिय सदस्य बन्न पुगीन् । केन्द्रिय कमिटीमा छनोट भएसंगै आफुलाई थप जिम्मेवारी र चुनौती महसुस भएको उनले बताइन् । उनको राजनीति यात्रा र अबको एजेन्डाको बिषयमा इमेल खवर डटकमले उनीसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको अंश ।

पार्टीको कान्छी केन्द्रिय सदस्य बन्नु भएकोे छ कस्तोे महसुस गर्नुभएको छ ?

केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै पार्टीको कान्छी केन्द्रिय सदस्य भनेर सबैले बधाइ दिन थाल्नुभयो । तर मलाई म सबैभन्दा सानो केन्द्रिय सदस्य भनेर बिश्वास नै लागेको थिएन । तर पछि सबै सदस्यको उमेर हेर्दा म नै कान्छी सदस्य बन्न पुगेछु । यो मेरा लागि एउटा ठुलो अवसर हो । मैले त कल्पना गरे भन्दा पनि बढी जिम्मेवारी पाए भन्ने लागेको छ । उमेर कम भएकाले कम काम गर्नुपर्दछ भन्ने छैन यसका लागि धेरै अध्ययन मेहनत गर्नुपर्ने देखेको छु । अवसर संगै यसमा थप जिम्मेवारी र चुनौती पनि थपिएको छ ।

राजनीतिमा कहिले देखि सक्रिय हुनुहुन्छ ?
राजनीतिमा त म बिद्यालय स्तरबाट नै सक्रिय थिए । बिद्यालयमा अनेरास्वियुमा सक्रिय थिए । २०६२ सालमा बिद्यालयमा प्रारम्भिक एकाईको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिको यात्रा सुरु भएको हो । त्यसपछि थुप्रै सगठनमा रहदै आएको छु । जिल्ला कमिटी सचिवालय सदस्य, महिला विभाग प्रमुख, महिला संघ जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य, प्रदेश सदस्य ह“ुदै केन्द्रीय सदस्यमा आइपुगेको छु ।

नेकपा एमालेमा नै किन आकर्षित हुनुभयो ?
नेकपा एमालेको सिदान्त जनताको बहुदलिय जनवाद समाजवाद जनतासम्म स्थापीत गर्ने सिद्धान्त बोकेको छ । यसका साथ बिकास र समृद्धिको सोच नेकपा एमालेमा छ । यहि सिदान्त नै आकर्षित भएर नेकपा एमालेमा प्रवेश गरेको हु ।

अबका तपाईका एजेन्डाहरु के हुन् ?
अबको दिनमा पार्टीको नीति सिद्धान्त तल्लो तहसम्म कसरी पु¥याउने भन्ने मेरो योजना हुनेछ । पार्टीले गर्ने निर्णहरु कार्यान्वयन गर्ने पनि मेरो कर्तब्य हुनेछ । म केन्द्रिय कमिटीमा जनजाति संगसंगै महिलाबाट प्रतिनिधित्व गरेको हो । अब म रोल्पाबाट मात्रै भन्ने भएन अबको देशको प्रतिनिधित्व गर्ने स्थानमा आइपुगेको छु । त्यसकारण पनि महिला जनजातिका सवालहरु गम्भीरताका साथ अध्ययन गरेर पार्टी कमीटिमा एजेन्डाको रुपमा अगाडि बढाउने छु ।

राजनीतिमा मन नपरेको पक्ष्ँहरु के छन् ?
राजनीतिमा देखिएका समावेशी र आरक्षणको बिषय मलाई मन नपरेका बिषयहरु छन् । पार्टीमा समावेशी देखाउनका लागि मात्र छ । समावेशीलाई पार्टीमा देखाएर मात्र हुदैन । तर यसलाई सामाजिक रुपमा प्रत्यक्ष सरोकार राख्ने तल्लो स्तरका निकायहरु सम्म पुगेको छैन । यदि हामी सँच्चिकै परिवर्तन चाहान्छौ भने तल्लो स्तरसम्म समावेशी लागु हुनुपर्दछ । अर्को कुरा आरक्षणको बिषयमा पनि मेरो बिमती छ । एक ब्यक्तिले पटक पटक आरक्षणको सुबिधा लिएको छ । यसले गर्दा नयँ पुस्ताहरु अगाडि बढ्न सकिरहेका छैन । त्यसकारण मलाई के लाग्छ भने एक ब्यक्तिले एक पटक मात्र आरक्षण लिन पाउनु पर्दछ । एक ब्यक्तिले एकपटक आरक्षण सुबिधा र अर्कोपटक खुल्लाबाट प्रतिस्पर्धा गर्न हिम्मत राख्नुपर्दछ । आरक्षणलाई संबिधान देखि पार्टीले पनि एकपटक मात्र आरक्ष्ँण लिन पाउने बाध्यकारी नियम बनाओस । जसले गर्दा राजनीतिमा नया पुस्ताहरुहरुलाई अगाडि बढ्न सहज होस ।

अबको युवा पुस्ताको राजनीति कस्तो हुनुपर्दछ ?
पछिल्लो समय युवा पुस्ताहरुको राजनीतिमा आकर्षण बढ्दै गएको छ । यो एउटा सकारात्मक कुरा हो । तर, युवा पुस्ताहरु नेतृत्वमा पुग्न सकेका छैनन् । युवा महिलाहरुले आफ्नो मात्रै अधिकार खोजिरहेका हुन्छन् । तर अधिकार पुरा गर्नका लागि कसरी कर्तब्य पुरा ग¥र्यौ कति भुमिका निभायौ सो बिषयमा गम्भीर हुनुपर्दछ । पार्टीलाई दोष मात्रै दिएर हुदैन । युवाले आफ्नो भुमिका निर्वाह गर्दै पार्टीलाई सकारात्मक रुपमा झकझकाउदै अगाडि बढ्नुपर्दछ । साच्चिकै परिवर्तन ल्याउने हो भने अबको युवा पुस्ताले समावेशीलाई तल्लो स्तरसम्म पु¥र्याउन महत्वपुर्ण भुमिका निभाउनु पर्दछ ।