यू–१९ महिला टोली आज बंगलादेश जादै

मंसिर २१, काठमाडौं – बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली अपरान्ह १ः४५ बजे ढाका प्रस्थान गर्ने जनाएको छ ।

एन्फाले सोमबार नै ढाका जाने महिला यू–१९ टोलीलाई बिदाइ गरेको थियो ।

च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।