भारतमा एकै दिन १७ जनामा देखियो ओमिक्रोन

मंसिर २०,एजेन्सी -भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ। पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा आठ जनामा ओमिक्रोन देखिएको हो ।

यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ। भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ।

यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो।

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।