इटालियन सिरी ए –युभेन्ट्सको सहज जित

मंसिर २०, एजेन्सी – इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २–० गोल अन्तरले हराएको हो ।

यस जितसँगै युभेन्ट्सले १६ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ ।