राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित

मंसिर १९, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए ।
उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिए ।