एमाले अध्यक्षमा रावल र उपाध्यक्षमा भुसालको उम्मेदवारी

मंसिर १३, काठमाडौं – नेकपा (एमाले) उपाध्यक्ष भीम  रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले उम्मेवारी घोषणा गरेसंगै एमालेका अन्य पदाधिकारीहरु पनि उम्मेवारीको घोषणा गरेका छन् ।

उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए। उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन।