बार्सिलोनाको छैटौं जित

मंसिर १२, एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा छैटौं जित निकालेको छ ।

शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३–१ को सहज जित हात पारेको हो ।

जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेको छ ।