‘मिस युनिभर्स जिते भने महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दछु ’

मंसिर ८, काठमाडौं –  गत बर्ष सम्पन्न ‘मिस युनिभर्स नेपाल’ को ‘फस्ट रनर अप’ सुजिता बस्नेतले  यो पाली मिस युनिभर्स नेपालको उपाधि जितिन् । अमेरिकास्थित एक कम्पनीमा ‘आइटी कन्सल्टेन्ट’ का रूपमा कार्यरत उनी पछिल्लो समय नेपालमा छन् ।

अमेरिकाको वासिङ्टन डिसीस्थित ‘जर्ज वासिङ्टन युनिभर्सिटी’ बाट आइटीमा ब्याचलर सकेकी उनले मिस युनिभर्सको उपाधि हासिल गरे नेपालमै बसेर महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने बताएकाी छन् । यसै सन्र्दभमा उनै सुजिता संग गरिएको कुराकानी ।

‘मिस युनिभर्स’नेपाल को उपाधि जित्नुभएको छ । त्यो समयमा कस्तो महसु’ गर्नुभयो ?

एकदमै नर्भस भए । के गरौ गरौ भयो । एक दुइ दिनसम्म नि विश्वास गर्न सकिन यो उपाधि आफैले जितेको भनेर ।

के कारणले यो उपाधि जिते जस्तो लाग्यो ?

यो उपाधि आफ्नै मेहनतले जिते जस्तो लाग्दछ ।

मिस युनिर्भसमा प्रतियोगितामा किन सहभागी जनाउनु भयो ?

यस्ता प्रतियोगिताले ब्यत्तिव्व निर्खान सहयोग गर्दछ । अर्को कुरा अगाडि बढ्नका लागि यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको हुन्छ ।

मिस युनिभर्सको तयारी कसरी गर्दै हुनुहुन्छ ?

यसको लागि धेरै नै तयारी गर्नुपर्दछ । मेकअप देखि ‘कम्युनिकेसन स्किल’, ‘स्टेज परफरमेन्स’, लगायत मेरो ‘लिटरेट–एड प्रोजेक्ट’ का लागि तयारी गरिरहेको छु ।

‘मिस युनिभर्स’ को ताज जित्नुभयो भने के गर्नुहुन्छ ?

महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दछु ।