आईसीसी महिला टी-२० विश्वकप – दोस्रो खेलमा भुटानको सामना गर्दै

मंसिर ७, काठमाडौं-  पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ।

मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

सोमबार भएको खेलमा नेपाल कमजोरप्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो।