पतञ्जली टिभीमा विभागको छापा, कागजातहरू नियन्त्रणमा

मंसिर ६, काठमाडौं – सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको बताएका छन् ।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए। अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए।