‘पन्चे बाजा’ मा आँचल र आशिषको अभिनय -हेरौ भिडियो

मंसिर ५, काठमाडौं –  ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ बोलको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र आशिष् सचिनले अभिनय गरेका छन् ।

आशिष्लाइ स्वरमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन् । शडी योगीको संगीत रहेको गीतमा महेश आचार्यका शब्द छ । भिडियोमा आशिष् र आँचलसँगै जेरी भण्डारीले पनि अभिनय गरेकी छिन् ।

भिडियोको छायाँकन नवराज उप्रेतीको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । वियोन्डको कथा र निर्देशन रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।