हाम्रो माया मा स्वस्तिमा र नाजिरको अभिनय

मंसिर ३, काठमाडौं -अभिनेता नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनीत म्युजिक भिडियो हाम्रो माया’ सार्वजनिक भएको छ ।

हास्य कलाकार हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य र गायिका मेलिना मैनालीको आवाजमा गीत निकालिएको हो ।

दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा संगीत भने दीपक शर्माको रहेको छ । गीतको एरेन्ज योगेश काजीको रहेको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोको दृश्य कैद अर्जुन तिवारीले गरेका हुन्