मञ्चको अध्यक्षमा विपिन

मङ्सिर ३ ,काठमाडौँ –सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चौथो जिल्ला अधिवेशनबाट विपिन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा फुलकुमार शेर्मा, बिरेन सम्बाहाम्फे, सनबहादुर योङ्हाङ र पूर्ण फत्र लिम्बू चयन भएका छन् । यसैगरी सचिवमा अम्बिका योङ्हाङ, जितकुमार मुखिया र राजन फियाक, कोषाध्यक्षमा सम्झना लावती चयन भएका छन् मञ्चले जनाएको छ । रासस