प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन चर्काउछौं -रक्षा बस्याल

मंसिर ३, काठमाडौं  – सर्वोच्च  अदालतमा बिगत ३ सातादेखि नेपाल बार एसोसिएसन आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा र न्यायप्रणलीको सुधारको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ बारले ।  बिहिबार सर्वोच्चमा आन्दोलित न्यायाधीश सहित अदालतको पुर्ण बैठक ( फुल कोर्ट बैठक)ले सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय गरेको छ ।

यस निर्णय न्यायाधीशहरुले प्रधानन्यायाधीश विना नै गरेका हुन् । तर बारले प्रधानन्यायाधीको राजीनामा नआएसम्म निरन्तर आन्दोलन चर्काउने बताएको छ । यसै सन्र्दभमा इमेख खवर डटकमले नेपाल बारको उपाध्यक्ष रक्षा बस्यालसंग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

सर्वोच्च अदालत फुल कोर्ट बैठकले गोलप्रथा प्रणाली लागु गर्ने निर्णय गरेको छ । यसमा तपाईहरुको धारणा के छ ?

सर्वोच्चकोे यो निर्णयमा बारको कुनैै आपत्ति छैन । हिजो प्रधानन्यायाधीशलाइ बाहेक गरेर न्यायाधीशले गोलाप्रथा प्रणाली गर्ने निर्णय गर्नु भयो भनेर सुनेका छौं । त्यसमा प्रधानन्यायाधीसंग बेञ्च सेयर नगर्ने, प्रधानन्यायाधीले गोला तान्न नपाउने सहमति भएको हामीले सुनेका छौं । यद्यपी गोलाप्रथाका केहि प्रक्रिया बाकी नै छन् । यसका लागि नियामावली बन्नु पर्दछ । यसको प्रक्रिया पुरा भएर राजपत्रमा निष्काशन भएपछि बेञ्चमा फर्किनु भयो यसलाइ हामीले सकारात्मक रुपमा लिन्छौं । बन्दीप्रत्यक्षी करण तामेली मिलापत्र मुद्धाहरुमा उहाँहरुले गरिआएको कुरा हो । यसमा हाम्रो कुनै पनि टिप्पणी छैन । तर, त्यो बाहेक यदि दोहोरो कानुनी ब्यबसायीहरु उपस्थित गराउने, बहस गराउने कामहरु गर्नुभयो भने हामीलाइ मान्य हुने छैन ।

तपाइहरुको आन्दोलनको उदेश्य चांहि के त ?

हाम्रो आन्दोलनको चुरो कुरा प्रधानन्यायाधीशको राजीनामा हो । यसका साथै न्यायालयको समग्र सुधारको अभियान पनि हामीले चालेका छौं । यो हामी रोक्दैनौ । यदि यो अवस्था सिर्जना नभएमा हाम्रो आन्दोलन आन्दोलनकै रुपमा रहिरहन्छ ।

लामो समयदेखि अदालत परिसरमै आन्दोलित हुनुहुन्छ । तर प्रधानन्यायाधीश त टसमस गरेका देखिदैन नि ?

यो उहाको अकमर्णता हो । टसमस गर्नुभएको छैन भनेर कसरी भन्नु । उहाले के गनुभएको छ, के गर्नुभएको छैन । यो ठुलो कुरा होइन । उहालाइ हरेक समुहले बहिष्कार गरिरहेको छ । आज न्यायाधीशहरुले उहालाइ बाहेक गर्नु सानो कुरा होइन । बेञ्च सेयरिङ गर्दैनौ भन्नु प्रधानन्यायाधीशका लागि यो भन्दा अपमान के हुन्छ । अब उहा बाध्य भइसक्नु भएको छ भन्ने हामीले बुझेका छौं ।

प्रधानन्यायाधीशले राजीनामा दिएनन भने अबको तपाइहरुको रणनीति कस्तो हुन्छ ?

अबको रणनीतिको कुरा गर्दा आज हाम्रो कार्यसमितिको बैठक छ । हामी फेरि नया रणनीतिको तयारीमा छौं । नेपाल बारले कोभिड लगायतको समस्याले राष्ट्रिय सम्मेलन गर्न पाएको छैन । यो पटक हाम्रो छलफलबाट आवश्यकता महसुस ग¥र्यौ भने हामी काठमाडौंमा देशभरका कानुन ब्यबसायी उतार्छौं । यो आन्दोलनलाइ बल पुग्ने गरि निष्कर्षमा पु¥याउदै आन्दोलनलाइ तिब्रता दिन्छौं ।
आन्दोलनलाइ मात्र किन जोड दिइराख्नु भएको छ ? छलफल परामर्शबाट निष्कर्ष निकाल्न सकिदैन ?

हामीले सुरुमा लगातार ३ दिन बैठक बसेका थियौ । हामीले न्यायपालिकाका सुधारका एजेन्डाहरु लिएर प्रधान्यायाधीश लाई भेट्यौ । हामीले उहासंग बारम्बार भेट्यौ छलफल ग¥र्यौ । अनुरोध ग¥र्यौ । बिज्ञप्ती निकाल्यौ तर हाम्रो सुनुवाइ भएन । त्यसकारण हामी बाध्य भएर यो स्थितिमा आउनु प¥र्यो । छलफलबाट निष्कर्ष निस्कन नसकेपनि यसले आन्दोलनको रुप लिएको हो ।