इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसङ्घको माग

कात्तिक २६, काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भर्खरै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले जनतालाई राहत दिने समयमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उक्त मूल्यवृद्धिप्रति सरकारले हस्तक्षेप गरी उक्त निर्णय खारेज गर्नुपर्ने बताए।