आगामी दिनमा धेरै चुनौती देखेको छु –कमेडीयन भरतमणि पौडेल

कात्तिक १५, काठमाडौं – भरतमणि पौडेल कमेडी च्याम्पियनका बिजेता हुन् । उनी भर्सटाइल कमेडीयनको रुपमा चिनिन्छन् । पूर्वयुवराज पारस शाहको अभिनयले उनलाई चर्चाको शिखरमा पु¥यायो । उनले पारस शाह संग हालसालै भेटघाट पनि गरेका छन् । उनै भरतसंग हामीले कुराकानी गरेका छौं ।उनै भरतसंंग गरिएको कुराकानीको सम्पादित अंश

कमेडीमा कसरी प्रवेश गर्नुभयो ?

कमेडीप्रति मेरो सानैदेखिको रुचि हो । सानैदेखि नै कमेडी गरिरहन्थें । एसएलसीपछि भने गाउँमा अलि सक्रिय भएर लाग्न थालें ।

कमेडी च्याम्पियनसम्म कसरी आइपुग्नुभयो ?

मलाई कमेडीमा रुचि थियो । आफ्नो प्रतिभा निखार्ने राम्रो स्टेजको पर्खाइमा थिएँ । प्रतिभा निखार्नका लागि च्याम्पियनको स्टेजसम्म आइपुगें ।

कमेडी च्याम्पियन हुन्छु भनेर सोच्नुभएको थियो ?

च्याम्पियन नै हुन्छु भनेर त साचेको थिइन । तर सोमा बेस्ट र केही फरक कन्टेन्ट दिने प्रयास गरेको थिएँ । उपाधि जित्दा भावुक पनि भएँ ।

पूर्वयुवराज पारसको अभिनयले चर्चित बनायो है ?

चर्चित भन्दा पनि यो अभिनय सबैले मन पराइदिनुभयो । सबैतिरबाट प्रशंशा पाए ।

उहाँलाई भेटेर के कुरा गर्नुभयो ?

उहासंग भेटेर मलाई एकदमै खुसी लाग्यो । मेरो अभिनयलाई फन्नी भन्नुभयो । अरु त सामान्य कुराकानी भयो ।

आगामी दिनमा कत्तिको चुनौती देख्नुहुन्छ ?

चुनौती त छ नै । दर्शकहरूको अपेक्षा पनि बढी नै छ । उहाँहरूको इच्छानुसारको प्रस्तुति दिनुपर्ने हुन्छ । दर्शकलाई हँसाउँदै आफू अघि बढ्न धेरै मेहनत गर्नुपर्ने हुन्छ ।