चलचित्र ‘चुरीफुरी’ को ‘ओइ पियारी’ सार्वजनिक

कात्तिक १२, काठमाडौं – फिल्म ‘चुरीफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘ओइ ओइ पियारी’ बोलको गीत सार्वजनिक गरिएको हो  गीतमा बेनिशा पौडेल र समीर आचार्यले आवाज भरेका छन् ।
ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार गरिएको छ ।

कलाकारहरू अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्राचार्य लगायतले अभिनय गरेका छन् ।

आउँदो पुस ९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।