‘माया लाउनै जानिन’ मा सुधिर र बिनाको अभिनय

कात्तिक ११, काठमाडौं – ‘माया लाउनै जानिन’ बोलको गीतमा सुधिर र बिनाले अभिनय गरेका छन् ।

रविन बर्तौला र विन्दु परियारको स्वरमा रहेको गीतमा गायक बर्तौलाकै शब्द र संगीत रहेको छ ।

भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ ।

सार्वजनिक भिडियोलाई युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत हेर्न सकिने छ ।