एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

कार्तिक ११, काठमाडौ – नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा अनुभव प्रप्त बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छन । । बैंकको सञ्चालक समितिको बैंठकले कार्तिक १० गते देखि लागू हुने गरी वनँलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालज्बाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छन ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनीँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन । ।