उत्कृष्ट तीन पत्रकार पुरस्कृत

कार्तिक ११, काठमाडौ -श्रम रोजगार पत्रकार समूहले श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कृत गरेको छ । समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल ९कान्तिपुर०, रमेश भारती ९शिलापत्र० र अनिल अधिकारी ९साझा सवाल० लाई पुरस्कृत गरेको हो ।

श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित पत्रकार अनमोलले रु ३० हजार, भारतीले रु २० हजार र अधिकारीले रु १० हजार प्राप्त गरेका छन। उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पुरस्कार प्रदान गरे ।

सो अवसरमा आयोगका अध्यक्ष मगरले सञ्चारकर्मी मानवअधिकार रक्षकसमेत भएको हुँदा मानवअधिकार हननका विषयमा सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताए। आप्रवासी कामदारका पक्षमा आयोगले विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान गर्न सबै पक्षको ध्यान जानुपर्ने बताए ।

श्रम मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले सरकार स्वदेशमै रोजगारी सिर्जनामा जुटेको बताए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले श्रम गन्तव्यको विविधिकरण गर्नुको विकल्प नरहेकाले वैदेशिक रोजगारीमा गुणात्मक सुधारको खाँचो औँल्याए ।

समूहका अध्यक्ष सुनिल न्यौपानेले पत्रकारको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरिएको बताए ।