चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग पु¥याउँछः प्रदेश प्रमुख गुरुङ

असोज २७, काठमाडौ – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विजयादशमीका अवसरमा उनले आज प्रकाशन गरेका शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रुपमा मनाइने दसँै पर्वको विशेष महत्वको रहेको उल्लेख छ ।

“घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको विशेष अर्चना र आराधना गरिने गरिन्छ” शुभकामना सन्देशमा भनिएको छ, “दशमीको दिन मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।”

उनले सन्देशमा हाम्रो मुलुकमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नाका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्णता राख्न महत्वपूर्ण योगदान पुगेको भनेका छन् । यस प्रकारका चाडपर्वको संरक्षण एवं संवद्र्धधनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

कोरोना भाइरस सङ्क्रमण दर केही कम भए पनि पूर्ण रुपमा घटेको छैन । यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्न सन्देशमार्पmत सबैमा अनुरोध गरेका छन् ।