‘सौन्दर्यका नाममा हानिकारक सामग्रीको प्रयोग बढ्दो छ ।’

असोज २४, काठमाडौं – नेपालमा पछिल्लो समय सौन्दर्य चेतना बढ्दै गएको पाइन्छ । लेजर ट्रिटमेन्ट, छाला टाइट गर्नुका साथै ट्याटु हटाउन प्रति आकर्षण बढ्दै गइरहेको छ । नया बानेश्वर स्थित स्किन आर्ट्स एस्थेटिक्ले यस्तै सेवा दिदै आइरहेको छ । यसै सन्र्दभमा प्रबन्ध निर्देशक स्वप्निल शर्मासंग कुराकानीको सम्पादित अंश

स्किन आर्ट्स एस्थेटिक्स कहिलेदेखि सञ्चालनमा आएको हो ?

स्किन आर्ट्स एस्थेटिक्स क्लिनिक सञ्चालनमा आएको करिब ३ वर्ष भयो ।

यो क्लिनिक खोल्नुको उद्देश्य के हो ?

छालासम्बन्धी सबै समस्याको निदान गर्नु नै क्लिनिकको उद्देश्य हो । डिम्पल बनाउने, अनुहारको चायाँ–पोतो हटाउनेलगायतका सेवा यहाँबाट लिन सकिन्छ । लेजर ट्रिटमेन्ट, छाला टाइट गर्नुका साथै ट्याटु हटाउने सेवा पनि क्लिनिकको विशेषता हो । यसैगरी आँखीभौं उमार्ने, डिम्पल बनाउने, अनुहारमा भएको चाउरीपन हटाउने ‘बोटक्स’ जस्ता सेवा यहाँबाट लिन सकिन्छ अर्थात् छालाको उपचारसँगै महिलाको सौन्दर्यलाई ध्यान दिई क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

यसका विशेषताहरू के–के छन् ?

यसको मुख्य विशेषता विज्ञ चिकित्सकबाट उपचार गराउनु हो ।

छालासम्बन्धी उपचार महँगो हुन्छ भनिन्छ नि ?

व्यक्तिको समस्या र उपचार गर्ने समयका आधारमा खर्च निर्धारण हुने हो । छालासम्बन्धी रोग छोटो समयमा निको हुँदैन । उपचार समय लामो हुने भएकाले खर्च बढी हुन सक्छ । अब, सर्जरी, लेजर ट्रिटमेन्टहरू कम खर्चमै पनि गर्न सकिने अवस्था छ ।

ग्राहकहरू के–कस्ता समस्या लिएर क्लिनिकमा आउँछन् ?

क्लिनिकमा छालासम्बन्धी समस्याको उपचार र सौन्दर्य बढाउने ग्राहकहरू बढी आउने गरेका छन् ।

नेपालीहरूमा कत्तिको सौन्दर्य चेतना बढेको पाउनुभएको छ ?

पछिल्लो समय नेपालीहरूमा सौन्दर्य चेतना बढ्दै गएको छ । छालालाई केयर गर्नुपर्छ, राम्रो बन्नुपर्छ भन्ने चेतना बढेको देखिन्छ । सौन्दर्यप्रति सचेत भए पनि के–कस्ता कस्मेटिक सामग्रीहरू प्रयोग गर्ने भन्ने चेतना थोरैमा मात्र रहेको पाइन्छ । सौन्दर्यका नाममा हानिकारक सामग्रीको प्रयोग बढ्दो छ । सही कस्मेटिक सामानको प्रयोग गर्नु आवश्यक छ । (शर्मा स्किन आर्ट्स एस्थेटिक्सकी प्रवन्ध निर्देश हुन् )