दशैं गीत ‘परदेशी भूमिमा’ सार्वजनिक

असोज २०, काठमाडौं -घमेश दुलाल , काब्या आचार्य र प्रभावन जे को आवाज समावेश गीत ‘परदेशी भूमिमा’ इन्टरनेट रिलिज गरिएको छ ।

साजन पराजुलीको शब्द रचना र प्रभावन जे को संगीतमा गीत तयार पारिएको छ । गीतको एरेन्ज पनि संगितकार प्रभावनले नै गरेका हुन ।

साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल, रमा थपलिया, अनु पराजुली, ईश्वर तिमल्सिना, जीवन खतिवडा र निरुता आचार्यको अभिनय रहेको छ ।

कृष्ण गौतमको सम्पादन तथा कलरिङ रहेको भिडियो दृश्य कैद राजेन्द्र भण्डारीले गरेका हुन । भिडियो ’दर’ नामक युट्युब च्यानल बाट रिलिज गरिएको छ ।