एमाले प्रथम विधान महाधिवेशनको सन्देश

इश्वरी रिजाल

असोज १९, काठमाडौं – नेकपा एमालेको राष्ट्रिय बिधान महाधिवेशन भर्खर सम्पन्न भएको छ । असोज १५ देखि १७ गते सम्म गोदावरीमा सञ्चालित उक्त महाधिवेशनले दिएका सन्देशलाई नेकपा एमाले स्कूल विभाग सचिव इश्वरी रिजालले यसरी वुँदागत रुपमा समेटेका छन ।

वुँदाहरु

१. विधान महाधिवेशनद्धारा नेकपा (एमाले) को नीति, कार्यक्रम, कार्यदिशा, कार्यभार र विधान तय गर्ने पार्टीको घोषित वैधानिक व्यवस्थाको यथा–समयमा पूर्ण रूपमा कार्यान्वयन।

२. दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकता वादका प्रतिनिधि पात्रहरूद्वारा गरिएको पार्टी वहिर्गमनले एमालेको कार्यकर्ता पङ्क्तिमा निराशा र वेचयनीको अलवा उत्साह, उमङ्ग, समर्पण, गतिशीलता र सुदृढतामा घनिभूत बढोत्तरी आएको पुनः पुष्टि।

३. हजारौँ प्रतिनिधिहरूको सहभागिता र संलग्नतामा पार्टीलाई दिशानिर्देश गर्ने महत्वपूर्ण दस्तावेजहरू तर्जुमा गर्ने नेकपा (एमाले) को लोकतान्त्रिक पहलकदमी र सु–प्रवन्ध, सवै लोकतान्त्रिक शक्तिहरूका लागि एक अनुकरणीय दृष्टान्त।

४. नेकपा एमाले झगडा (conflict)मुक्त र द्वन्द्वात्मक्ता (dialecticalism) युक्त पार्टी भएको ज्वलन्त सन्देश प्रवाह।

५. हाल परिवर्तित परिस्थितिमा पनि पार्टीको मार्गदर्शक सिद्धान्त जनताको वहुदलीय जनवादको अक्षुण्णता यथावत रहेको निश्कर्ष र

यसैको आलोकमा समाजवादको दर्बिलो आधार तय गर्दै समाजवाद हासिल गर्ने ऐतिहासिक प्रतिबद्धता।

६. वर्तमान नेकपा (एमाले) पूर्ववत् एमालेको विरासत मात्र होइन पूर्ववत् नेकपाको पनि विरासत वोकेको नवीन एमाले हो। यसैको माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलन एवं लोकतान्त्रिक आन्दोलन समेतलाई एकतावद्ध, सुदृढ र गतिशील बनाउन सकिन्छ भन्ने सगौरव उद्घघोष।

७. यी सबै कार्यलाई पूर्णताको दिशातर्फ अगाडि बढाउन राजनेता कमरेड केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको उद्बोधन।

(लेखक नेकपा (एमाले)स्कुल बिभागका सचिव हुन् ।)