सचिन रौनियारको स्वरमा ‘ट्याङ्का भरी सुन’ सार्वजनिक (भिडियो)

असोज १९, काठमाडौं  – गायक सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

‘ट्याङ्का भरी सुन’ बोलको गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत छ । सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छन् ।भिडियोमा सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ फिचर्ड छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ ।भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।